दफा ४
यस ऐन अन्तर्गत निकालिएको सूचित आदेशको असर र अवधि
(१) यसरी निकालिएको सूचित आादेश सो सूचित आदेशमा तोकिएको मितिदेखि कानून सरह हुनेछ ।
(२) सूचित आदेश यस ऐन बमोजिम देहायका अवस्थामा कानून सरह लागू हुने छैन –
(क) संशोधन भै या नभै यस सूचित आदेशको बेहोरा कानून बनी लागू भएमा,
(ख) कानून सरह लागू हुने छैन भनी नेपाल राजपत्रमा सूचनाद्वारा नेपाल सरकारले निर्देश गरेमा,
(ग) माथि (क) र (ख) बमोजिम नभएमा नेपाल राजपत्रमा प्रकाशित भएको ६ महीना व्यतित हुने वित्तिकै ।
(३) …………………………………………………………